
बर्दियाः विद्यालयमा लैंगिक समानता प्रवर्नद्ध गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले नगरपालिका स्तरमा यसको नीतिगत ब्यबस्थाका लागि नीतिनिर्माता कार्यपालिका सदस्य,जनप्रतिनिधि तथा शिक्षा तथा खेलकुद शाखाका कर्मचारीको लागि तालिम शुरु गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा लन परियोजना संचालन भएका स्थानीय तहका शिक्षा शाखाका कर्मचारी एवम कार्यपालिका सदस्य र जनप्रतिनिधिको सहभागिता रहेको छ । तालिममा बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका,ठाकुरबाबा नगरपालिका,गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकाका करिब १८ जनाको सहभागितामा गुलरिया बर्दियामा तालिम शुरु गरिएको छ ।

तालिममा विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठामा लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद् िभई पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा लैगिंक मैत्री बनाउनका लागि यस तालिमले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले तालिमको संचालन गर्दै तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिकाको रुपमा रहने बताउनु भयो । तालिमको उद्धान सत्रका सहभागिहरुलाइ स्वागत गदै सस्थाका सदस्य कैलाश श्रेष्ठले बर्दिया जिल्लाको बिभिन्न पालिकाहरुमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तिर बृद्धिमा सहयोग गरिरहेको र यस तालिममले पुन विद्यालय तहमा लैगिंक मैत्री शिक्षण कृयाकलाप संचालन गर्न र पालिकास्तरको लैगिक नीति निर्माण गरि कार्यान्वयन हुने अपेक्षा गरिएको बताउनुभयो ।

तालिम बिहवार सम्म २ दिन संचालन हुने तालिमको सहजिकरण सहजकर्ता सूर्य न्यौपानेले गर्नुहुने छ तालिममा कोरोना संक्रमण नफैलिनका लागि सामाजिक दुरी कायम गर्ने मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने तथा पटक–पटक साबुन पानीले हात धुने ब्यबस्था मिलाएको परियोजनाका सुपरभाइजर परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।