Lumbini Live

Follow Us:

जिसस संयोजक श्रीवास्तवले गरे कामको प्रशंसा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव

नेपालगन्ज । सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेको २७ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले स्याक बाँकेले बालविवाह जस्ता धेरै कुरीतिका विरुद्ध बाँकेमा राम्रो अभियान सञ्चालन गरेर आफ्नो छुटै पहिचान बनाएको बताउनुभयो ।

स्याकका अध्यक्ष शिवलाल पाण्डे

बालविवाह विरुद्धको अभियानमा सरकारीस्तरबाट हुन नसकेको काम स्याकले गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । आगामी फागुनसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारीका साथ काम भईरहेको बताउँदै यस्मा स्याकको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो।

गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले स्याक नेपाल बाँकेमा गैरसरकारी संस्थाका माझ अग्रणी संस्थाका रुपमा स्थापित भएको बताउँदै थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । नयाँ गैरसरकारी संस्था दर्ता गर्ने क्रम निरन्तर रहेपनि संस्था नविकरण हुने क्रम न्यून रहेको उहाँको भनाई छ ।

स्याकका अध्यक्ष शिवलाल पाण्डेले राज्यको लक्ष्य र नीति अन्तर्गत स्याकले काम गरिरहेका बताउनुभयो । विभिन्न परियोजनामार्फत संस्थाले वार्षिक ​करिव ६० जनालाई रोजगार दिदै आएको उहाँको भनाई छ ।
स्याकका कार्यक्रम संयोजक जगदिश थापाले सञ्चालन गरेको साधारणसभाको उद्घाटन समारोहमा राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालयका रमेश राउत, गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्णजंग शाह लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका कर्मचारीहरु

सो अवसरमा संस्थाका कर्मचारीहरु जगदिश थापा, अर्मिला रोकाय, लक्ष्मीप्रसाद शर्मा, कृष्ण गिरि, सुनिता चौधरी,शेषकान्त शर्मा, बबिता सिंह, बिनिता आरसी र अक्लिम खाँलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्