Lumbini Live

Follow Us:

मनिकापुरमा देखियो एकतावद्ध एमाले

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा नेकपा एमालेका नेता तथा कार्यकर्ता एकतावद्ध देखिएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी बाकेको १७ औ पूर्ण बैठकको निर्णय अनुसार वडा कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा वडामा रहेका एमालेका नेता तथा संगठित सदस्य कार्यकर्ताले उत्साहपूर्ण रुपमा सहभागिता जनाएका छन् ।

आज सम्पन्न प्रशिक्ष कार्यक्रमले मनिकापुरमा एमाले विभाजनको प्रभाव पर्न नदिने गरी पार्टी कार्यकर्ताहरु एकतावद्ध रहेको सन्देश दिएको वडा कमिटी अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले नेता एवम् संविधानसभा सदस्य देवराज भार, एमाले प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्मा, एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल, एमाले बाँकेका नेता पदम धिताल, बिजुला अधिकारी, युवा संघ स्थायी कमिटी सदस्य खेमराज शर्मा, रुद्र खनाल लगायतले राजनीतिक दलहरुको बारेमा, संगठित सदस्यहरुको काम कतव्र्य र अधिकार, नेकपा एमालेमा किन लाग्ने ?, संगठन निर्माण र परिचालन कसरी गर्ने लगायतका सवालमा प्रशिक्षण दिनुभएको थियो ।

नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कार्कीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन एमाले मनिकापुरका नेता एवम् उपमहानगरपालिका कमिटी सदस्य चक्रबहादुर बुढाले गर्नुभएको थियो । नेकपा एमाले जिल्ला कमिटी बाकेको १७ औ पुर्ण बैठकको निर्णय अनुसार एमाले बाँकेले जिल्लाका सबै वडामा पार्टीको प्रशिक्षण अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्