Lumbini Live

Follow Us:

विपन्न वडावासीसँग वडाध्यक्षको जन्मदिन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले विपन्न वडावासीलाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ ।
युवा संघ बाँकेका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष सुनारले वडा नं. ४ मा क्यान्सर रोगबाट पीडित, मृत्यु भएकाका परिवार र अति बिपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरि आफ्नो जन्म दिन मनाउनु भएको हो ।


जन्मदिन मनाउने नाममा होटल र पार्टीप्यालेसमा फजुल खर्च गर्न उद्धत अहिलेको युवा पिंढीलाई सिकाई गर्दै सुनारले प्रत्येक वर्ष जन्मदिनमा सामाजिक सेवा गरेर समाजमा सकारात्मक सन्देश दिदै आउनुभएको छ ।
हरेक दिन केही नयाँ काम गरौ जस्तो लाग्ने भएकोले जन्मदिनमा पनि फरक तरिकाले वडावासीहरु सँग सुख दुःख साटासाट गर्दै आएको वडाध्यक्ष सुनारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्