Lumbini Live

Follow Us:

बाँकेमा चलायमान राष्ट्रिय युवा संघ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज। संगठन सुदृढिकरण अभियानमा लागेको राष्ट्रिय युवा संघ नेपाल बाँकेले आज संगठनको नेपालगन्ज उपमहानगर कमिटी गठन गरेको छ ।
जिल्ला अध्यक्ष तिलकवीर सुनारको अध्यक्षतामा नेपालगन्जमा आयोजित युवाहरुको बृहत् भेलाले धनबहादुर सुनारको संयोजकत्वमा ६९ सदस्यीय उपमहानगर कमिटी गठन भएको हो ।
उपाध्यक्षहरुमा बबिन गुरुङ, सुशान्त के.सी,वीरेन्द्र थापा ,गणेश जिएम, जमुना चौधरी , सचिवमा निर्मल खत्री ,सह सचिवमा गोबिन्द बर्मा, कोषाध्यक्षमा श्याम जि मिश्रा चयन हुनु भएको छ ।


कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव रविन्द्र लम्सालले राष्ट्रिय स्वाभिमान, जनताको विकास प्रतिको आकांक्षा, समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षा नेकपा एमालेले मात्रै गर्नसक्ने भएकोले देशभक्त युवाहरु एमालेमा एकतावद्ध भएर सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संगठनकाकेन्द्रीय सचिव क सुनिता कार्की, स्थायी कमिटी सदस्य खेमराज शर्मा, पार्टीका नेता देवराज भार, नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल, लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनाल, नेकपा एमाले बाकेका सदस्य युवा संघ का पूर्व अध्यक्ष प्रमोद रिजाल, अनेरास्ववियुका सचिवालय सदस्य मोहित शाहले सम्बोधन गर्नु भएको थियो ।


संगठन सुदृढिकरण अभियानमा लागेको राष्ट्रिय युवा संघ नेपाल बाँकेले भोली शनिवारनै राप्तीसोनारी गाउँपालिकास्तरीय भेलाको आयोजना गरी कमिटी गठन गर्ने जिल्ला अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्