Lumbini Live

Follow Us:

युवालाई एमालेमा एकतावद्ध हुन लम्सालको आग्रह

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव रविन्द्र लम्सालले नेकपा (एमाले)मा एकतावद्ध हुन युवाहरुलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय स्वाभिमान, जनताको विकास प्रतिको आकांक्षा, समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षा नेकपा एमालेले मात्रै गर्नसक्ने भएकोले देशभक्त युवाहरु एमालेमा एकतावद्ध भएर सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

“नेकपा (एमाले) विभाजन भएको होईन, पद लोलुपता र अवसवादी चरित्र भएका केही व्यक्तिहरुले पार्टी छोडेका हुन्, राजनीतिमा भविष्य भएका युवा नेता कार्यकर्ता अलमलमा नपरी मूलधारमा फर्किनुहोस् तपाईको उचित सम्मान हुनेछ”, नेता लम्सालले भन्नुभयो,“हिजो को कता लागेको थियो भनेर संगठनभित्र कुनै किसिमको विभेद हुनेछैन आउनुहोस् एकतावद्ध भएर अघि बढौँ ।”

सरकारमा रहँदा राष्ट्रियता र जनताको पक्षमा काम गरेका कारण एमालेलाई चौतर्फी आक्रमण गरी जनादेशबाट बनेको सरकारलाई सर्वोच्च अदालतसँगको सेटिङमा हटाएर परमादेशको सरकार बनाएकोे उल्लेख गर्दै उहाँले परमादेशको देउवा सरकारले एमालेलाई फुटाउनकै लागि रातारात अवैध रुपमा दलविभाजन सम्बन्धि अध्यादेश ल्याएको आरोप लगाउनुभयो ।

चालु अवस्थामा रहेको संसदलाई हठातमा अन्त्य गरी रातारात ल्याईएको दलविभाजन सम्बन्धि अध्यादेश संविधानको मर्मविपरित रहेकोले अहिले युवा संघ नेपाल देशव्यापी रुपमा आन्दोलनमा रहेको बताउँदै नेता लम्सालले भन्नुभयो,“यो परमादेशबाट बनेको सरकार हो यसले जनतालाई दुःख दिने मात्रै काम गरेको छ, भूमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेर सुकुम्वासी सर्वहारा जनताको पेटमा लात हानेको छ, सरकारका सबै जनविरोधी कार्य खारेज गर्न युवा संघ सदैव जनताको पक्षमा आन्दोलनमा रहनेछ ।”

राजनीतिक स्थायित्व र समृद्धिको लागि जनताले दिएको जनादेशको उपेक्षा गर्दै परमादेशबाट बनेको सरकारबाट जनताको जनमतको कदर हुन नसकेकोले जनताको जनादेशबाट फेरि सरकार निर्माण गर्ने गरी जिल्ला जिल्लामा युवा संघका नेता कार्यकर्ताले जिम्मेवारी र भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।

युवा संघ नेपालले नेकपा एमालेका नेता कार्यकर्ताको संरक्षणका लागि जिल्ला जिल्लामा युथफोर्स गठन गरेर जनपक्षिय काम गर्दै जाने बताउनुभयो । राजनीति सँगसँगै राष्ट्रिय युवा संघले अव जनतासँग जोडिएर जनजिविकाका सवालमा काम गर्दै आफ्ना मुद्दाहरु जनतामा स्थापित गराउने उहाँको भनाई छ ।

“खेती किसानी गर्ने किसानका समस्या, दैनिक मजदुरी गरी खाने मजदुर लगायत श्रमजिवी वर्गको पक्षमा राष्ट्रिय युवा संघले आवाज बुलन्द गर्नुपर्छ”,सचिव लम्सालले भन्नुभयो,“युवा संघका प्रत्येक सदस्यले राष्ट्रिय स्वाभिमान, जनताको विकास प्रतिको आकांक्षालाई सम्वोधन गर्न सक्नुपर्छ ।”

एमाले सरकारमा छँदा राम्रा काम गरेकै कारण अहिले सत्ताबाट बाहिरीए पनि एमालेमा प्रवेश गर्ने जनलहर बढ्दै गएको उहाँले दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्