
नेपालगन्ज–नेकपा एमाले बाँकेका नेता निरक गुरुङ पार्टी काममा फर्किनु भएको छ ।
एमाले संस्थापन र माधव नेपाल समूहबीचको विवाद जिल्ला तहमा पुगेको बेला निष्कृय रहनुभएका नेता गुरुङ पार्टी काममा फर्किनु भएको हो।
नेकपा एमाले बाँकेको सातौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित नेता गुरुङ पार्टी काममा फर्किएसँगै उहाँलाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ ।

पार्टी प्रदेश कमिटी सदस्यको रुपमा नेता गुरुङले आज नेकपा एमाले जिल्ला कमिटी बाँकेको वैठकमा सम्वोधन गर्नु भएको छ।
नेता गुरुङ पार्टी काममा फर्किएसँगै डुडुवा गाउँपालिकामा आज ठूलो संख्यामा विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउन सहज भएको एमाले डुडुवा गाउँपालिकाका अध्यक्ष शकील खानले बताउनुभयो ।