Lumbini Live

Follow Us:

शिक्षकका लागि क्षमता विकास तालिम शुरु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । बाँके को खजुराका ४ विद्यालयका शिक्षक हका लागि स्टिम सम्बन्धि शिक्षण तालिम शुरु भएको छ ।
विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले खजुरामा स्टीम एजुकेशनका बारेका शिक्षाकहरुका लागि शिक्षण तालिम नेपालगंजमा सुरु भएको हो ।


प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा खजुरा गाउँपालिकाको समन्वयमा लन परियोजना संचालन भएको विद्यालयका कक्षा शिक्षकहरुको सो तालिममा सहभागिता रहेको छ
तालिममा खजुरा गाउँपालिकाको ४ विद्यालयका १६ जना कक्षा शिक्षकहरुका लागि नेपालगन्जमा तालिम शुरु गरिएको छ । तालिममा सहभागि शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्धि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजिकरण गर्न र शिक्षण सिकाइमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने बताईएको छ ।


तालिममा सहभागिहरुलाई स्वागत तथा शुभारम्भ गर्दै स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने बताउनु भयो । तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुने अपेक्षा गरिएको छ । तालिमको उद्घाटन समारोहमा खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले बिगत लामो समयदेखि प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सामाजिक सचेतन सरोकार मंचले खजुरा गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग गरिरहेको बताउँदै तालिममले शिक्षकहरुको क्षमता बिकास हुनुका साथै तालिमबाट सिकोका कुरा विद्यालयस्तरमा यसको प्रगोग हुनेमा अपेक्षा गरेको उल्लेख गर्नुभयो ।


स्याकका अध्यक्ष शिवलाल पाण्डेले संस्थाले बिगत लामो समयदेखि खजुरा गाउँपालिकाको समन्वयमा काम गदै आइरहेको र परियोजनालाइ सार्थक पुयाउनका लागि सदैव सहयोग समन्वय भएको र काम गरिरहेका विद्यलयमा गुणस्तर र प्रभावकारीता शिक्षा हासिलका लागि प्रयास गरिरहेको र भोली कर्णधारका रुपमा तयार हुने भएकाले उनीहरुको शैक्षिक गुणस्तरमा कायम गर्ने हाम्रो जिम्मेवारी भएकाले यस तालिमले कोशेढुगांको रुपमा रहने बताउनुभयो ।

२९ गते शुक्रबार बाट शुरु गरिएको तालिम आइतवार सम्म ३ दिन संचालन हुनेछ । तालिम सहजिकरण त्रिभुवन बिश्वबिधालयका स्टिम एजुकेशनका सह प्रध्यापक इन्द्रमनी श्रेष्ठले तालिम सहजिकरण गर्नुहुने छ तालिममा कोरोना संक्रमण नफैलिनका लागि सामाजिक दुरी कायम गर्ने माक्स तथा सेनिटाइनरको प्रयोग गर्ने तथा पटक–पटक साबुन पानीले हात धुने ब्यबस्था मिलाएको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्