
नेपालगन्ज । नेकपा एमाले बाँकेको १७ औं पूर्ण बैठक नेपालगन्ज १४ भवानियापुरमा शुरु भएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य , लुम्बिनी प्रदेश इन्चार्ज एवम् निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले वैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सूर्य ढकाल नेतृत्वको जिल्ला कमिटीको यो तेश्रो वैठक हो। यसअघि पहिलो वैठक नरैनापुर र दोश्रो बैठक जानकी गाउँपालिकाको जोगागाउँमा सम्पन्न भएको थियो।

आजको बैठकमा एजेन्डा प्रस्तुत गर्दै पार्टी जिल्ला अध्यक्ष ढकालले पार्टीको संगठन सुदृढिकरणमा अघि बढेको वताउन भयो। उहाँले अघिल्लो वैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्दै अघि बढेको जानकारी दिनुभयो।

वैठकमा विशेष अतिथि एमाले प्रदेश कमिटी सचिव एवम बाँके इन्चार्ज खेममान खड्का र पार्टी प्रदेश कमिटी सदस्यहरू अतिथि रहनु भएको छ । पार्टी उपाध्यक्ष किस्मत कुमार कक्षपतिले स्वागत गर्नुभएको वैठकको सञ्चालन भीम वलीले गर्नुभएको छ ।

