Lumbini Live

Follow Us:

इनरुडेकद्वारा भेरी अस्पताललाई ८० लाखको स्वास्थ्य सामग्री प्रदान

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज।इनरुडेक बाँकेले कोरोना तेस्रो लहरको पूर्वतयारीको लागि नेपालगन्जस्थित भेरी अस्पताललाई अत्यावश्यकीय स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
इनरुडेक बाँकेले अष्ट्रेलियन एड र आड्रा नेपालसँगको साझेदारीमा कोभिड १९ तेस्रो लहरको व्यवस्थापनको लागि रु. ८० लाख वरावरको अत्यावश्यकीय स्वास्थ सामग्री आज एक समारोहकाबीच अस्पताललाई प्रदान गरेको हो ।
अस्पताल परिसरमा आयोजित समारोहमा इनरुडेक अध्यक्ष धर्मलाल रोकाय, आड्रा नेपालका टिम लिडर डा.घनश्याम भट्टले अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, धनीराम वली र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

इनरुडेकले पीपीई १ हजार सेट, गुल्कोमिटर १० पिस, गुल्कोमिटर स्ट्पि ३ सय पिस, अक्सिजन कन्सेन्टर ५ थान, एन ९५ मास्क १ हजार प्याकेट, सेनिटाइजर १ सय बोतल, मेडिकल मास्क ५ हजार तथा ग्लब्स, भाइटल मनिटर गरी रु. ८० लाख बराबरको स्वास्थ्य सामग्री अस्पताललाई सहयोग गरेको अध्यक्ष रोकायले बताउनुभयो।

नेपालगन्जस्थित भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका समेत विरामीको चाँप हुने भएकोले कोभिड तेस्रो लहरको प्रतिकार्य तथा पूर्व तयारीको लागि स्वास्थ्य संस्थालाई थप सहयोग पुराउनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको उहाँको भनाई छ ।

स्वास्थ्य सामग्री बुझ्दै अस्पतालका सदस्य कृष्णप्रसाद श्रेष्ठले कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संघ संस्था र राज्यका विभिन्न निकाय, नागरिक समाजसँगको सहयोग र समन्वयमा भेरी अस्पतालले विरामीलाई सेवा प्रदान गरेको स्मरण गर्दै सबैको समन्वयमा महामारी जित्न सकिने बताउनुभयो । उनले सरकारी अस्पताल सुधार गर्न सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्