
नेपालगन्ज–लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ, लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र नेपालगन्ज जुनियर जेसीजको संयुक्त आयोजना तथा जानकी गा.पा वडा नं १ र साईगाउँ बढैया, बाँके स्वास्थ्य चौकीको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम जानकी गा.पा वडा नं १ साईगाउँ बढैया, बाँकेमा सम्पन्न भएको छ ।

लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो बसन्त बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ नेपालगन्ज इन्नोभेटिभका अध्यक्ष ला.विष्णु खनाल, सरोवर प्रसाई, इन्नोभेटिभका पूर्व अध्यक्ष ला. बिनय श्रेष्ठ, ला. किशोर आचार्य, जानकी गा.पा वडा नं १ वडा अध्यक्ष मोहम्मद रजा राइ, रिजन २१ का रिजन चेयरपर्सन लियो प्रकाश कुँवर लगायत विभिन्न लियो तथा लायन्स क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा १२५ जना स्थानीय नागरिकको सहभागितामा साधारण स्वास्थ्य शिविरमा तौल परिक्षण, रक्तचाप परिक्षण, सुगर परिक्षण जस्ता कार्यक्रमहरु सम्पन्न भयो । सो अवसरमा जनचेतनामुलक कार्यक्रम अन्तर्गत शारीरिक सरसफाई, सन्तुलित खानपान, स्वास्थ्य सम्बन्धी परामर्श लगायतका कार्यक्रम गरिएको रिजन २१ रिजन चेयरपर्सन लियो कुँवरले जानकारी दिनुभयो ।