Lumbini Live

Follow Us:

बाँकेका एमाले जनप्रतिनिधि भन्छन्ःचुनावी प्रतिवद्धता पूरा गरेरै छोड्छौ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । बाँकेमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले चुनावी घोषणापत्र अनुसारको अधिकांश प्रतिवद्धता पूरा गरेको बताएका छन् ।
६९ औं मदन जयन्तीका अवसरमा नेकपा एमाले बाँकेले स्थानीय तहको आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि तय गरिएको नीति तथा कार्यक्रमवारे आज नेपालगन्जमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै बाँकेमा स्थानीय तहमा निर्वाचित नगरप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुले वितेको चार वर्षमा आफुहरुले एमालेको नीति र चुनावी घोषणापत्रमा गरेको प्रतिवद्धता अनुरुप कार्य गरेको बताउनुभएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख एवम् नेकपा एमाले सचिवालय सदस्य लुटबहादुर रावतले कोहलपुर नगरपालिकामा आफु निर्वाचित भएर आएपछि जनताको चाहना अनुरुप काम गरेको दावी गर्नुभयो । उहाँले चुनावी घोषणापत्रमा गरिएका प्रतिवद्धता अनुरुप नगरको नीति तथा कार्यक्रम र काम भईरहेको बताउनुभयो । राम्रो काम गर्दा गर्दै पनि विपक्षी दलहरुले अनावश्यक रुपमा अवरोध सिर्जना गर्ने गरेको उहाँको आरोप छ ।


बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बजेट निर्माणको विधि र निर्वाचनको बेला जनतासामु गरिएका प्रतिवद्धतालाई ध्यानमा दिएर जनताप्रति उत्तरदायी भएर काम गर्दै आएको बताउनुभयो । उहाँले वितेको चार वर्षमा चुनावी घोषणापत्रमा प्रतिवद्धा गरिएका अधिकांश बुँदा कार्यान्वयन भईसकेको बताउँदै बाँकी रहेका काम पनि आगामी आर्थिक वर्षमा पूरा हुने दावी गर्नुभयो । उहाँले चुनावको बेला जनतासामु गरेको प्रतिवद्धता पूरा गरेरै छाड्ने बताउनुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले वितेको चारवर्षमा खजुरामा आफुले सबै जनप्रतिनिधि तथा कर्मचारीको साथ र समर्थनमा खजुरालाई नमूना गाउँपालिका बनाउने गरी काम गरिएको बताउनुभयो । खजुरामा चुनावी घोषणापत्रमा प्रतिवद्धता गरिएका ९० प्रतिशत बुँदा कार्यान्वयन भईसकेको उहाँको भनाई छ ।


कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धिताल, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा बिश्वकर्मा, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बि.कले पनि वितेको चार वर्षमा आफुले गरेको काम र अनुभव सुनाउनु भएको थियो ।

बाँकेका स्थानीय तहमा रहनु भएका नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि, पार्टी नेता र प्रेस चौतारी निकट पत्रकारबीच अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । एमाले बाँकेका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता देवराज भार, पूर्व प्रदेश कृषिमन्त्री एवम् एमाले नेतृ आरती पौडेल, एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य लगायतले स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामकोवारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्