Lumbini Live

Follow Us:

अनेरास्ववियुले निषेधाज्ञाको अवधिमा संस्थागत विद्यालयले लिएको शुल्क फिर्ता गराउन पहल गर्ने

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बाँकेले कोरोना भाइरस महामारी संक्रमण रोकथामको लागि जारी निषेधाज्ञाको अवधिमा संस्थागत विद्यालयले लिएको शुल्क फिर्ता गराउन पहल गर्ने भएको छ ।
अनेरास्ववियु बाँकेको आज बसेको बैठकले निषेधाज्ञाका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा विद्यार्थी तथा अभिभावकलाई थप भार पर्ने गरी शुल्क नलिन आग्रह गर्ने निर्णय गरेको सचिव प्रकाश बि.क.ले जानकारी दिनुभयो । उहाँका अनुसार, वैठकले विद्यार्थीको पुस्तक खरिदमा छुटका लागि सम्बन्धित निकायसँग छलफल गर्ने समेत निर्णय गरेको छ ।

अनेरास्ववियु बाँकेका अध्यक्ष दिनेश केसीको अध्यक्षतामा भएको बैठकले यही असार १४ गते मदन जयन्तीको अबसरमा नेपालगन्जस्थित एमाले पार्टी कार्यालयमा लकडाउनले शिक्षा क्षेत्रमा पारेको असरका बिषयमा अन्तरक्रिया गर्ने, अनेरास्ववियुको स्थानीय निकाय कमिटीको जिम्मेवारी प्रदान गर्ने, अनेरास्ववियु स्थायी कमिटी सदस्य शर्मिला थापाको पुजनिय बुवा र अनेरास्ववियु बाँके जिल्ला कमिटी उपाध्यक्ष बिकल भट्टराईको ममतामयी आमाको असामाक निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्ने लगायतका निर्णय गरेको छ ।


वैठकमा प्रमुख अतिथि एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल ज्यु विशिष्ट अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य एबम अखिल बाँके इन्चार्ज सस्र्य रोकाय अतिथिहरु अनेमसंघ स्थायी कमिटी सदस्य दिपा शर्मा, राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य खेमराज शर्मा , पार्टी प्रदेश कमिटी सदस्य घननाथ खनाल, एमाले बाँके सचिवालय सदस्य बिजया धिताल, अनेरास्ववियुका केन्द्रीय सदस्यहरु रोशन शाही , वीरेन्द्र सुवेदी , लालबहादुर सुनार , वीरेन्द्र भण्डारी , सिद्धार्थ कायस्थ लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्