Lumbini Live

Follow Us:

गुणस्तरिय शिक्षाका लागि बाँके र बर्दियाका विद्यालयमा आइसिटी सामाग्री प्रदान

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज ।गुणस्तरिय शिक्षा प्रदानका लागि बाँके र बर्दियाका विद्यालयमा आइसिटीका सामाग्रीहरु हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा संचालित आइसीटी ल्याप लन परियोजना अन्तरगत बाँके बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका ७ वटा विद्यालयमा प्रबिधिमैत्री कक्षा शिक्षण सिकाइ क्रियाकलाप संचालन तथा प्रबिधिमैत्री गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यका साथ ७ वटा विद्यायमा आइसीटी ल्यापका लागि सामाग्री एक समारोहका साथ विद्यालयमा हस्तारन्तरण गरिएको छ ।

सामाग्री खजुरा गाउँपालिका १ राजापुर न.पा. २, बारबर्दिया नगरपालिकामा ३ ठाकुरवावा नगरपालिकामा १ मा शिक्षा शाखा प्रमुख, विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र राजापुर नगरपालिकामा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी विद्यालयका प्राधानाध्यपक लगायतको सहभागीता रहेको थियो ।


विद्यालयको चौतर्फी बिकासका लागि प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले बिगत वर्ष देखि कार्यक्रम मार्फत गुणस्तरिय शिक्षाको क्षेत्रमा अतुलनिय सहयोग गदै आइरहेको र पुन विद्यालयमा बाल मैत्री तथा प्रबिधि मैत्री सिकाइका लागि आइसिटीका सामाग्री सहयोगले सिकाइमा टेवा पुग्ने अपेक्षाका गरिएको छ ।


संस्थाले दिएको सामाग्री सबै बालबालीकाहरुको पहुच पुग्नुका साथै गुणस्तिरिय शिक्षा प्रदान हुने अपेक्षाका साथ सामाग्रीको सुरक्षा ब्यबस्थापनमा विद्यालयले बिषेश ध्यान दिने छ भन्ने अपेक्षा गरिएको सस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनु भयो । ७ वटा विद्यालयमा आइसीटी ल्यापका लागि प्रतिविद्यालय ४६ सेट डेस्कटप कम्युटर,७ थान लेपटप,७ थान प्रोजेक्टर,५ थान कम्युटर टेवल, ३५ थान कम्युटर कुर्सी, २१ थान एलीडी टिभि,ब्यट्टी र इन्भटर ७ सेट, पेन डाइप १५ थान मल्टी पलग ३५ सेट गरि कुल ४० लाख वराबरको आइसिटि सामाग्री हस्तान्तरण गरिने योजना रहेको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्