Lumbini Live

Follow Us:

मनोवल बढाउन स्वास्थ्य सेवासहित संक्रमितको घरघरमा वडाध्यक्ष जुमन खाँ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । कोरोना संक्रमितको मनोबल बढाउन नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडा कार्यालयका जनप्रतिनिधि घरघरमा पुगेर स्वास्थ्य अवस्थावारे जानकारी लिएका छन् ।

वडाध्यक्ष जुमन खाँको नेतृत्वमा संक्रमित भई होमआइसोलेसनमा रहनुभएका वडावासीको घरघरमा पुगेर आज स्वास्थ्य अवस्थावारे जानकारी लिनुका साथै आवश्यक औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

पहिलो चरणमा आजदेखि कोरोना संक्रमित भएर होमआइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका विरामीलाई स्वास्थ्यकर्मीसहितको टोलीले घर घरमै पुगी भेट गरेर स्वास्थ्य अवस्था जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य सामग्री र औषधि प्रदान गरिएको वडाध्यक्ष जुमन खाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आधारभूत शहरी स्वास्थ्य केन्द्रका कोरोना फोकल पर्सन सन्देश शाहीसहित वडामा घर घरमा पुगेर संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराईएको हो । यो क्रम निरन्तर रुपमा सञ्चालन हुनेछ ।

घरदैलो अभियानका क्रममा होम आईसोलेशनमा रहनुभएका विरामीलाई सेनिटाइजर, पल्स अक्सिमिटर, डिजिटल थर्ममिटर, सर्जिकल मास्क, एन ९५ मास्क र होम आइसोलेसनमा बस्दा विरामीलाई चाहिने औषधिहरु वडाध्यक्ष खाँले प्रदान गर्नु भएको थियो ।

फोकल पर्सन शाहीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका ७ नंं वडामा हालसम्म एकसय ८ जना कोरोना सङ्क्रमित भएकोमा एकजनाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने १२ जना होमआइसोलेशनमा स्वास्थ्यलाभ गरिहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्