Lumbini Live

Follow Us:

बाँकेमा घटेन सङ्क्रमितको मृत्युदर, एकैरात १२ जनाको अकालमै मृत्यु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । बाँकमा कोरोना संक्रमण दरमा केही कमी आएपनि मृत्युदर घट्नसकेको छैन । गएराती मात्रै उपचारको लागि भर्ना भएका १२ सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने १२ जनामध्येमा सात जना बाँकेका रहेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा सातजना र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँचजना गरि १२ जनाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट २ सय ६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा २ सय २२ जनाको मृत्यु भएका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका वडा नं. ७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ३ का ६७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं. ३ का ६७ वर्षीय पुरुष, सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ का ४४ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका वडा नं. ४ बाँके निवासी ४३ वर्षीया महिलाको गएराती मृत्यु भएको हो ।

यसैगरी कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका वडा नं. १० निवासी ४० वर्षीया महिला, बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ निवासी ५५ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका वडा नं. ३ निवासी ३३ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका वडा नं. ८ बाँके निवासी ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका वडा नं. ६ बाँके निवासी २५ वर्षीय पुरुषको पनि गएराती मृत्यु भएको हो ।े जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्