Lumbini Live

Follow Us:

वडावासीलाई अत्यावश्यकीय स्वास्थ्य सामग्री वितरण गर्दै वडाध्यक्ष जुमन खाँ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । कोरोना महामारी संक्रमण रोकथामको लागि नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडा कार्यालयले वडावासीलाई अत्याश्यकीय स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ ।

पहिलो चरणमा भोलीदेखि कोरोना संक्रमित भएर होमआइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका विरामीलाई घर घरमै पुगी भेट गरेर स्वास्थ्य अवस्था जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य सामग्री र औषधि प्रदान गरिने वडाध्यक्ष जुमन खाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, वडामा घर घरमा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि वडा कार्यालयले आज करिव साढे ४ लाख रुपैयाको औषधि तथा अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिद गरी आधारभूत शहरी स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको छ ।

अक्सिजन सिलिण्डर, पीपीई सेट, सेनिटाइजर, पल्स अक्सिमिटर, डिजिटल थर्ममिटर, सर्जिकल मास्क, एन ९५ मास्क र होम आइसोलेसनमा बस्दा विरामीलाई चाहिने औषधिहरु वडाध्यक्ष खाँले आधारभूत शहरी स्वास्थ्य केन्द्रका कोरोना फोकल पर्सन सन्देश शाहीलाई हस्तान्तरण गर्नुभएको थियो ।

फोकल पर्सन शाहीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका ७ नंं वडामा हालसम्म एकसय ८ जना कोरोना सङ्क्रमित भएकोमा एकजनाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने १२ जना होमआइसोलेशनमा स्वास्थ्यलाभ गरिहनुभएको छ ।

आधारभूत शहरी स्वास्थ्य केन्द्रमा उपचारको लागि आउने विरामीलाई स्वास्थ्य परीक्षण गर्ने र अवस्था अनुसार आइसोलेसन केन्द्र र भेरी अस्पतालमा प्रेषण गर्ने गरिएको ना फोकल पर्सन सन्देश शाहीले हाम्रो समाचार दैनिकलाई जानकारी दिनुभयो ।

होमआइसोलेसनमा बसेका संक्रमित विरामी र शंकास्पद विरामीको पहिचान गर्दै स्वास्थ्य अवस्था बुझी औषधि तथा सुरक्षा सामग्री प्रदान गरिने वडासचिव कमल चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्