Lumbini Live

Follow Us:

बाँकेमा सङ्क्रमण घटे पनि मृत्युदर घटेन, एकैरात १७ सङ्क्रमितको मृत्यु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपनि मृत्यूदर भने बढेको छ । गएरातीदेखि आज बिहानसम्म अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गएरातीदेखि आज विहानसम्ममा १७ जनाको मृत्यु भएको हो । उपचारको क्रममा मृत्यु हुनेमा आठ जना बाँके र नौ जना बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कोरानाबाट २ सय ५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउदा २ सय १० जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिम सानोभेरी नगरपालिका वडा नं. ११ निवासी ३६ वर्षीय पुरुषको गएराती ८.३० बजे, कोहलपुर नगरपालिका वडा नं. १२ निवासी ४१ वर्षीय पुरुषको ८ः३५ बजे, राप्तीसोनारी गाउँपालिका वडा नं. २ निवासी ५९ वर्षीया महिलाको राती ११ः३० बजे, कोहलपुर नगरपालिका वडा नं. ११ निवासी ५८ वर्षीया महिलाको बिहान ३ बजे, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी २७ वर्षीया महिलाको बिहान ४ बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ निवासी ६१ वर्षीय पुरुषको बिहान ४ बजे, कोहलपुर नगरपालिका वडा नं. ४ निवासी ४२ वर्षीय पुरुषको बिहान ४ः१५ बजे र गढवा गाउँपालिका–७ दाङ निजासी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका वडा नं. २ निवासी ८४ वर्षीय पुरुषको राती ८ः४५ बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ निवासी ४५ वर्षीय पुरुषको राती ९ बजे, कैलाली टीकापुर नगरपालिका वडा नं. ११ निवासी ५८ वर्षीया महिलाको बिहान २ बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ६७ वर्षीय पुरुषको बिहान ४ बजे, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ निवासी ६३ वर्षीय पुरुषको बिहान ५ बजे, ठाकुरबाबा नगरपालिका वडा नं. १ निवासी ३८ वर्षीया महिलाको बिहान ५ः१५ बजे, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ६५ वर्षीय पुरुषको बिहान ५ः३० बजे, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ५ निवासी ६८ वर्षीया महिलाको बिहान ६ः३० बजे र नेपालगन्ज उपमहानगरपालिका–१८ निवासी ७३ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्