Lumbini Live

Follow Us:

भेरीमा विरामी कुरुवाको खानामा युवा संघको सहयोग

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा विरामी कुरुवालाई रु.२० मा खाना खुवाउँदै आएको अन्जनी माता रोसइलाई नेकपा(एमाले) निकट राष्ट्रिय युवा सङ्घ बाँकेले आज खाद्यान्न सहयोग गरेको छ ।

कोरोना महामारीको अवस्थामा भेरी अस्पतालमा विरामीका कुरुवालाई सस्तो तथा निःशुल्क जस्तै गरी खाना खुवाउने अभियानमा ऐक्यवद्धता जनाउँदै खाद्यान्न सहयोग गरिएको राष्ट्रिय युवा सङ्घ बाँकेका अध्यक्ष तीलकवीर सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कोरोना सङ्क्रमित तथा परिवारलाई सस्तो दरमा खानाको प्रवन्ध मिलाउँदै आएको अन्जनी माता रोसइलाई खाना खुवाउने कार्यमा सहयोग स्वरुप ८ सय केजी चामल, दाल, तेल र नुन लगायतको खाद्य सामग्री आज प्रदान गरिएको हो ।

सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाई, जिल्ला अध्यक्ष सूर्य ढकाल लगायत राष्ट्रिय युवा सङ्घ बाँकेका नेताहरुको सहभागिता रहेको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा सङ्घ बाँकेले यसअघि कोरोना सङ्क्रमितलाई अक्सिजनको अभाव भएपछि भेरी अस्पताललाई रु. १ लाख ३३ हजार नगद सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्