Lumbini Live

Follow Us:

खजुरा ४ मा वडावासीको घरमा जनप्रतिनिधि

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । कोरोना विरुद्धको लडाईमा बाँकेको खजुरा गाउँपालिका ४ नं. वडाका जनप्रतिनिधि र वडावासी एकजुट भएर लागेका छन् ।
कोरोना महामारीको दोस्रो लहर शुरु हुनासाथ वडाध्यक्ष तीलकवीर सुनार वडावासीको घर घरमा पुगी स्वास्थ्य अवस्था बुझ्नुका साथै भारत लगायत विदेशबाट फर्केका व्यक्तिको स्वास्थ्य परीक्षण र विरामीको उपचारमा खटिएका कारण मानवीय क्षति न्यून भएको छ ।

अहिले पनि वडाका टोल टोलमा घुमेर होमआइसोलेसनमा स्वास्थ्य लाभ गर्नुभएका संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, शंकास्पद विरामीको उपचार जाँच गराउने, आवश्यक स्वास्थ्य सामग्री तथा परामर्श दिने दिनचर्या भएको वडाध्यक्ष सुनारले हाम्रो समाचार दैनिकलाई बताउनुभयो ।

उहाँका अनुसार, कोरोना विरुद्धको लडाईमा खजुरा गाउँपालिका वडा नंं ४ मा दुईजना वडावासीले २ जना गुमाएका छन् । अहिलेसम्म एक सय जना पोजिटिभ बिरामी मध्ये २७ पुरुष र २४ महिला गरी ५० जनाले कोरोना जितेर निको भइईसक्नु भएको छ । हाल २८ पुरुष र २२ महिला गरी ५० जना सक्रिया संक्रमित रहेकोमा २ जना भेरी अस्पतालमा, २ जना खजुरा आइशोलेसनमा उपचारको लागि भर्ना हुनुभएको छ भने ४६ जना होम आइसलेसनमा स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न जनप्रतिनिधिसँगै वडाका स्वास्थ्यकर्मी दिनरात अहोरात्र खटिएको बताउँदै कुनै केही समस्या भए खवर पाउनासाथ तुरुन्त सेवा उपलब्ध गराउने गरिएको उहाँको भनाई छ ।

खजुरा गाउँपालिका वडा नंं ४ मा गत बर्ष कोरोना पोजिटिभ बिरामी मात्रै १८ जना भएका थिए , भारत लगायत तेस्रो मुलुकबाट समेत गर्दा झण्डै ५०० जना वडाबासीलाई क्वारेन्टाइन ब्यवस्थापन गरिएको थियो । वडावासीलाई पर्न सक्ने समस्यालाई सम्वोधन गर्नको लागि आफुसहित वडा सदस्यहरु दल बहादुर बिसि,बलबहादुर कठायत, बिर्मादेबि सुनार,,कार्यपालिका सदस्य योग माया खनाल र स्वास्थ्यकर्मी फोकल पर्सनको मोवाइल २४ सै घण्टा खुल्ला रहने व्यवस्था मिलाएको वडाध्यक्ष सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्