Lumbini Live

Follow Us:

डोनर ग्रुप र भाटभटेनी नेपालगन्जको समन्वयमा रक्तदान

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज। कोरोना महामारीमा विरामीलाई आवश्यक रगत कम हुन नदिन डोनर ग्रुप बाँकेले भाटभटेनी सुपरमार्केट सँगको समन्वयमा आज आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपालगन्ज, ब्लड बैंकको विषेश अनुरोधमा डोनर ग्रुप बाँकेले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा आफ्नो सँगसँगै अरुको पनि जीवनको प्रवाह गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको डोनर ग्रुप नेपालगन्जका संयोजक अमित लामाले बताउनुभयो ।

उहाँका अनुसार, भाटभटेनी सुपरमार्केट नेपालगन्ज, नेपालगन्ज क्षेत्रका लियो क्लबहरु र रेडक्रसको सहयोग तथा समन्वयमा गरिएको आकस्मिक रक्तदाज कार्यक्रममा कार्यक्रममा ४४ प्वाइनट रगत संकलन भएको छ ।

रगतको आवश्यकता परेका बिरामीहरुलाई ४ वर्षदेखि निरन्तर रगत जुटाएर निस्वार्थ सहयोग गरिरहेको डोनर ग्रुपले रगतको अत्यन्तै अभाव रहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरेको डोनर ग्रुप नेपालगन्जका संयोजक लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्