Lumbini Live

Follow Us:

कोरोनाबाट बाँकेमा थप सात जनाको अकालमै मृत्यु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट गएराती थप सात जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । भेरी अस्पतालमा छ जना र शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी सातजनाको मृत्यु भएको हो ।

बर्दियाका तीनजना, बाँकेका दुई जना, रोल्पा र कैलालीका एक–एक जना गरी सातजनाको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नं. १५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका वडा नं. ९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका वडा नं. १ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका वडा नं. २ बर्दिया निवासी ८७ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गौरीगङ्गा गाउँपालिका वडा नं. ४ कैलाली निवासी ५२ वर्षीय पुरुषको पनि गएराती उपचारको क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट दुई सय ३४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ८३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्