Lumbini Live

Follow Us:

स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । मिलाप नेपालगन्जले बाँकेको जानकी गाउँपालिका वडा नं.४ स्थित खुजुराखुद्र्ध स्वास्थ्य चौकीलाई कोरोना भाइरस संक्रमण रोकथामको लागि अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
आईएनएफ अस्ट्रेलियाको आर्थिक सहयोगमा मिलाप नेपालगन्जले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य विकास (सिएचडी) परियोजना अन्तर्गत स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री वितरण प्रदान गरेको हो ।


इन्फरेड गन तीन थान, पल्स अक्सिमिटर २ थान, डिस्पोजेवल मास्क ३ हजार, मास्क (एन–९५ ) ६००, डिस्पोजेवल ग्लोब्स ३ हजार थान, पि.पि.ई. सेट ३० थान, ५ सय एमएलको हेण्ड सेनिटाइजर ३० बोतल र थर्ममिटर १० पिस अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको मिलापकी परियोजना संयोजक प्रेमा रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कोरोना महामारी रोकथाममा ऐक्यवद्धता जनाउँदै स्वास्थ्यचौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री वितरण प्रदान गरिएको हो । जानकी गाउँपालिका ४ नं. वडाध्यक्ष बिश्रामकुमार बर्मा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना,स्वास्थ्य शाखा संयोजक दलबहादुर रानालाई प्रदान गरिएको हो ।


मिलापले बाँकेको जानकी गाउँपालिकामा स्वास्थ्य प्रवद्र्धनको लागि सामुदायिक स्वास्थ्य विकास (सिएचडी) परियोजना सञ्चालन गर्दै आएको छ । परियोजना अन्तर्गत कोभिड महामारी रोकथामको लागि गाउँपालिकामा रहेका ६ वटै स्वास्थ्य चौकीमा अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिने परियोजना प्रतिनिधि सिर्जना गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्