Lumbini Live

Follow Us:

भेरी अस्पतालमा थप २ सय ५३ जनामा संक्रमण पुष्टि

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगञ्जस्थित भेरी अस्पतालमा थप २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २८ नमुना परीक्षण गरिएकोमा २ सय ५३ जनामा भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
त्यसमा १ सय १८ महिला र १ सय ३५ पुरुष छन् । २ वर्ष देखि ८२ बर्षसम्मकालाई भाइरस पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।


संक्रमितको औसत उमेर ४० वर्ष रहेको भेरीले जनाएको छ । २० देखि २९ वर्ष उमेर समुह सबैभन्दा बढी प्रभावित देखिएको छ । र त्यसपछि ३० देखि ३९ वर्ष उमेर समुहका छन् ।

प्रतिक्रिया दिनुहोस्