Lumbini Live

Follow Us:

भेरी अस्पतालमा थप तीन संक्रमितको मृत्यु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज। भेरी अस्पतालमा उपचाररत थप ३ संक्रमितको गएराती मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बाँके, बर्दिया र कैलालीका हुनुहुन्छ।

कोरोना संक्रमणपछि वैशाख १४ गते भेरी अस्पतालमा भर्ना हुनुभएकी नेपालगन्ज उपमहानगरपालिका वडा नं.७ निवासी ५७ वर्षीया महिला, चैत २७ गतेदेखि उपचाररत बढैयाताल गाउँपालिका निवासी ४७ वर्षीया महिला र वैशाख १३ गते अस्पताल भर्ना हुनुभएका गोदावरी नगरपालिका वडा नं. ११ कैलाली निवासी ६२ वर्षीय पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै भाइरस संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १११ पुगेको छ भने बाहिरी जिल्लाका मृतक संख्या ११३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्