Lumbini Live

Follow Us:

बाँकेमा आज १०६ जनाले जिते कोरोना, ६३९ थपिए

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज।कोरोना सङ्क्रमण दिनप्रतिदिन बढिरहेको बाँकेमा आज १०६ जनाले कोरोना जितेर घर फर्किएका छन् । सङ्क्रमित भएपछि विभिन्न संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ५० महिला र ५६ पुरुष गरी आजमात्रै १०६ जनाले कोरोनासँगको लडाईमा विजय प्राप्त गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो ।

उहाँका अनुसार, हिजो सोमवारमात्रै ७ वर्षीया बालिका सहित जिल्लामा १२५ जनाले कारोना जितेका थिए । योसँगै वैशाख १ गतेदेखि आज मङ्गलवारसम्म मात्रै बाँकेमा ५३२ जनाले कोरोनालाई परास्त गरेर घर फर्किसकेका छन् ।

यसैबीच बाँकेमा आज छ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । नेपालगञ्जस्थित भेरी अस्पताल, शिक्षण अस्पताल, बागेश्वरी ल्याब र जमुनाह सीमा नाकामा गरिएको जाँचमा ६ सय ३९ जना सङक्रमित थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्