Lumbini Live

Follow Us:

आगलागी पीडितसँग दुःख साट्दै राष्ट्रिय युवा संघ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नरैनापुर गाउँपालिकाका आगलागी पीडितलाई शुक्रवार राहत वितरण गरेको छ ।

नरैनापुर गाउँपालिका वडा नं. ६ गङ्गापुरको दोन्द्रा र वडा नं. २ लक्ष्मणपुरका आगलागी पीडितलाई खाद्य सामग्री प्रदान गरिएको राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो ।

उहाँका अन्ुसार, दोन्द्राका छ घरपरिवार र लक्ष्मणपुरका दुई घरपरिवार गरी ८ घरपरिवारलाई चामल, दाल, नून र तेल राहत स्वरुप वितरण गरिएको हो ।

नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव रबिन्द्र लम्साल, केन्द्रीय सचिवालय सदस्य खेम शर्मा भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य बिक्रम यादव लगायत युवा संघ नेपाल बाँके नेताहरुले राहत सामग्री वितरण गर्नु भएको थियो ।

गत फागुन २४ गते वडा नं. १ सुईया गाउँमा २४ घर नष्ट हुनेगरी आगलागी भएको थियो । त्यसयता वडा नं. ५ मोतिपुर, वडा नंं ६ दोन्द्रा, वडा नं. २ लक्ष्मणपुर र वडा नं. २ कै देउचहवा गाउँमा आगलागी भएको नेपाल रेडक्रस सोसाईटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नरैनापुर गाउँपालिकामा आगलागीका घटना यो वर्ष ठूलो प्रकोपका रुपमा भईरहेका छन् । आगलागी पीडितलाई रेडक्रस मार्फत त्रिपाल, भाँडा वर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घ संस्थाले खाद्यान्न राहत वितरण गर्दै आएका छन् ।

नरैनापुरका अधिकांश वस्तीमा एकआपसमा जोडिएर खरको छानाबाट बनेका घरमा आगलागीको धेरै जोखिम हुने गरेको यादवको भनाई छ ।

गर्मीयामको शुरुवातसँगै बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा आगलागीका घटना बढेका छन् । एक महिनाको अवधिमै ३९ घरमा आगलागी भई खाद्यान्न नष्ट भएको छ। आगलागी पीडितहरु अहिले त्रिपालमुनि रात विताउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्