Lumbini Live

Follow Us:

आदर्श माविमा विद्यार्थी स्वागत कार्यक्रम

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज उपमहानगरपालिका वडा नं.२०राँझास्थित आदर्श माध्यमिक विद्यालयमा नव आगन्तुक कक्षा ११का विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम गरिएको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीले स्वागत कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आदर्श माविमा कक्षा ११मा १ सय २७ विद्यार्थी अध्ययनरत रहेका छन् । स्वागत समारोहमा नेपालगन्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कृष्ण कार्की , वडा सदस्य चक्रबहादुर बुढा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश बर्मा चिन्टु लगायतको उपस्थित रहेको प्रधानाध्यापक आचार्यले हाम्रो समाचारलाई जानकारी दिनुभयोे ।

प्रतिक्रिया दिनुहोस्