Lumbini Live

Follow Us:

नेकपाको जनसभामा बाँकेबाट उल्लेख्य जनसहभागिता गराउने तयारी

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला पदाधिकारीको प्रथम पूर्ण बैठकले काठमाडौ र बुटवलमा हुन गईरहेको जनसभामा बाँकेबाट उल्लेख्य जनसहभागिता गराउने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटीको आयोजनामा यहि माघ २३ गते काठमाडौमा हुन गइरहेको जनसभामा यस जिल्लाबाट सबै नेता कार्यकर्ता आफनो साधन श्रोतको व्यवस्थापन गरि काठमाडौ जानको लागि सबैलाई अनुरोध गरिएको जिल्ल संगठन समितिका संयोजक सूर्य ढकालले जानकारी दिनु भयो ।
उहाँका अनुसार, बैठकले फागुन १ गते बुटवलमा हुने जनसभालाई सफल पार्न बढि भन्दा बढि जनसहभागिताको लागि कार्य विभाजन समेत गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा(नेकपा) भित्र देखापरेका अन्तर्विरोध,फुटपरस्त गतिविधिलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपले आमकार्यकर्तालाई सचेत र संगठिन गर्दे पार्टी एकताको मूल मर्मलाई कायम राख्न सबै कमिटीहरु परिचालित गर्ने, कमिटी गठन पुनर्गठनको कामलाई अगाडि बढाउने वैठकले निर्णय गरेको छ ।


प्रदेशस्तरीय जनसभाको सबैमाध्यबाट प्रचार प्रसार गर्ने ,मातहतका सबै कमिटीहरुको बैठक भेला गर्ने ,जनसभामा जाने व्यक्तिहरुको नाम र नम्वर संकलन गर्न प्रदेश कमिटी सदस्य रविन्द्र लम्सालको संयोजकत्वमा सूर्य रोकाया, खेमराज शर्मा, मोहित शाह, मनोज केसी र अंकित श्रेष्ठ सदस्य रहेको व्यवस्थापन समिति गठन भएको संयोजक ढकालले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय तथा प्रदेश कमिटीका सदस्यहरुले आफ्नो परिभाषित जिम्मेवारी अनुसार र अहिले पार्टी भित्र देखिएका समस्या र आगामि दिनमा पार्टीले गर्ने कामको बारेमा आफनो भनाई राख्नु भएको थियो ।
वैठकले अराजकताको अन्त्य, राष्ट्रिय स्वाधीनता,संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासको निरन्तरताको लागि यहि फाल्गुन ०१ गते लुम्बिनी प्रदेश बुटवलमा हुन गैरहेको बृहत जनसभामा बाँके जिल्लाबाट ब्यापक जनसहभागिता गराउन र बाँकेका ८१ वटै वडामा राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन गर्न तपशिलका कमरेडहरुलाई बक्ताको रुपमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्