Lumbini Live

Follow Us:

राजु परियार र पारु केसीको चर्चित लोकदोहरी “लेउन चाखम् मैया” सार्वजनिक

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज। लोकदोहोरी गायिका पारु केसीको चर्चित नयाँ गीत “लेउन चाखम् मैया”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित लोकदोहारी गायक राजु परियार र गायिका केसीको स्वर रहेको म्यूजिक भिडियोमा धन कमाउनकै लागि माया प्रेम बिर्सिएर विदेश जानु परेको प्रेमी प्रेमिकाको वाध्यताको कथा समेटिएको छ ।

भिडियोमा प्रेमी धन कमाउन विदेश गएर लामो समय फर्किन नपाएपछि प्रेमिकाले अन्तै विवाह गर्न बाध्य भएको कथा रहेको म्यूजिक भिडियो गल्कोट म्यूजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत रामु बिरहीको रहेको छ । बिनोद श्रेष्ठ, रञ्जिता गुरुङ, सरोज लामाको अभिनय तथा करुण श्रेष्ठ आशिष कार्कीको बाल अभिनय रहेको भिडियोको निर्देशन प्रकाश भट्टले गर्नुभएको छ ।

साई भिजन प्रा.लिमा दृष्य निर्माण गरेको भिडियोको छाँयाङ्कन नवराज उप्रेती र सम्पादन विष्णु शर्माले गर्नुभएको हो ।

नेपाली गाउँले परिवेशको जीवन कथामा आधारित रहेर म्यूजिक भिडियो निर्माण गरिएको गायिका केसीले बताउनुभयो ।

“गाउँले परिवेश, माया प्रेमका कुरा र धनकमाउन विदेशमा जानुपर्ने बाध्यताको भावलाई गीतमार्फत प्रस्तुत गर्ने जमर्को गरेका छौँ,’ गायिका केसीले भन्नुभयो,“आशा छ गीतले दर्शकको मन छुनेछ ।”

प्रतिक्रिया दिनुहोस्