Lumbini Live

Follow Us:

नक्कली छापप्रति वडा कार्यालयको ध्यानाकर्षण

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । नेपालगन्जस्थित एक फोटोकपी पसलमा कार्यालयको छाप बनाइएकोप्रति नेपालगन्ज उपमहानगरपालिका २० नं. वडा कार्यालयको ध्यानाकर्षण भएको छ ।

वडाध्यक्ष कृष्ण कार्की र वडा सचिव मिनराज रिमालले आज प्रेसविज्ञप्ति जारी गरि नेपालगन्जको सदर लाइन स्थित फेवा फोटो कपी तथा मोवाइल रिपेयरिङ सेन्टरमा नेपालगन्ज उपमहानगरपालिका २० नं वडा कार्यालय र अध्यक्ष कृष्ण कार्की लेखिएको छाप अनाधिकृत रुपमा बनाइएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ।

” वडा कार्यालयले आफ्नो अधिकारीक छाप लगायत कागजपत्र छपाईको लागि औपचारिक रुपमा पत्राचार गर्दै आएको छ । वडा कार्यालयको जानकारी विनै फोटोकपी पसलमा सरकारी छाप बनाइनुले वडा कार्यालयको नाममा कहिं किर्ते काम भएको हुन सक्ने आशंका समेत सिर्जना भएको छ । “_ विज्ञप्तिमा भनिएको छ_”विषयमा तथ्यगत अनुसन्धान गरी वास्तविकता पत्ता लगाउन हामी प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं ।”

वडा कार्यालयलाई जानकारी नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालयले नक्कली छाप बनाउने पसलमा छापामारी छापको दुरुपयोग हुनबाट जोगाएको प्रति प्रहरी प्रशासनलाई धन्यवाद दिदै घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी प्रशासनले गर्ने अनुसन्धानमा सहयोग गर्न वडा कार्यालय सदैव तत्पर रहेको जानकारी गराउँदै विज्ञप्तिमा घटनामा संलग्न दोषीमाथि आवश्यक कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्