Lumbini Live

Follow Us:

सरकारी कागजपत्र किर्ते बनाउने पक्राउ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज । सरकारी छाप तथा कागजपत्र किर्ते बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको एक पसलमा छापा मारेको छ ।
नेपालगन्जको सदरलाइन स्थित फेवा फोटोकपी तथा मोवाइल रिपेयरिङ पसलमा प्रहरीले शनिवार दिउसो छापा मारेको हो।
उक्त पसलबाट नेपालगन्ज उपमहानगर पालिका 20 नं वडा कार्यालयको छाप र लेटरप्याड लगायत केही शंकास्पद कागजपत्र बरामद गरेका जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास खड्काले जानकारी दिनुभयो ।


उक्त पसलबाट नक्कली सवारीसाधन अनुमतिपत्र (लाइसेन्स ) समेत परेको बताइएको छ।
नेपालगन्ज उपमहानगरपालिका २० नं. वडाका वडाध्यक्ष कृष्ण कार्कीले वडावाट छाप तथा लेटरप्याड मर्मतका लागि कुनै पत्राचार नभएको बताउनुभयो ।
प्रहरीले बेलैमा जानकारी पाएर वडाको छाप तथा लेटरप्याड दुरुपयोग हुनबाट जोगिएको उहांले उल्लेख गर्नुभयो ।
केही दिन अघि नेपालगन्जमा आयोजित स्लोवाइक प्रतिष्पर्धामा भेटिएको नक्कली लाइसेन्सवारे प्रहरीले अनसन्धान गर्दै जाँदा सरकारी किर्ते कागजात फेला परेका हुन्।
पसलका सञ्चालक सहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्