शिक्षकका लागि प्रारभिक सिकाइ पढाइ सन्दर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी तालीम बर्दियाको बारबर्दिया र बाँकेको खजुरामा शुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा राजापुर, ठाकुरवावा नगरपालिकाको समन्वयमा यस क्षेत्रमा सञ्चालित लर्न परियोजना अन्तर्गत तालिम सञ्चालन भएका हुन् ।
शिक्षकका लागि प्रारभिक सिकाइ पढाइ सन्दर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धि तालिम बर्दियाको बारबर्दिया नगरपालिकामा ४ दिन र शिक्षकका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धि शिक्षण तालिम बाँकेको खजुरामा ३ दिनसम्म सञ्चालन हुनेछ । तालिमबाट नेपाली भाषामा पढाइ र लेखाइ शिक्षणका लागि कक्षा कोठामा लैगिंक मैत्री प्रर्याप्त शैक्षिक सामग्री उपलब्ध भएको अवस्था सिर्जना हुनेछ भने विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई प्रोत्साहन गर्ने छ ।

तालिमाको उद्घाटन सत्रमा बारबर्दिया नगरपालीका उपप्रमुख अन्जु दहितले वालबालिकाको सिकाइलाई प्रभावकारिता बनाउनका लागि बिद्यालयका कक्षा कोठामा प्रसस्त सामाग्री को ब्यबस्थापन हुन सकेको खण्डमा बालबालिकाको सिकाइमा प्रभावकारीता ल्याउन सकिने बताउदै अझ यस पालीका भित्र नमुना बिधालय निर्माणका लागी नगरपालीकाले कार्ययोजना बनाएर लागिपरेको बताउनु भयो । हाल कोरोना भाइरस कारण संसार संक्रमणको जोखिम बढीरहेको अबस्था र यसको प्रभावले बिधालयहरु बन्द भएको अबस्थामा नगरपालीकाले बैकल्पीक शिक्षाका माध्यामबाट समेत बालबालीकाहरुको नियमित सिकाईलाइ प्रभावकारीता गराउने कार्यमा लागि परेको बताउदै बिगतदेखि स्याक नेपाल शाखा कार्यालय बर्दिया र प्लान इन्टरनेशनल नेपाल संगको समन्वयमा शिक्षाको गुणस्तर बिकासका लागी साझेदारी गदै आइरहको बताउनु भयो ।
तालिममा परियोजना संचालन भएका दुवै नगरपालिकाका करिब २७ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिम बारबर्दिया नगरपालीकामा बुधवार देखी र खजुरा गाउँपालिकामा बिहीवार देखी शुरु भएको तालिम सनिवार सम्म संचालन गरिने छ । प्रारभिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी तालीम बारबर्दिया नगरपालीकामा ४ दिने तालिमको सहजिकरण कल्पना अधिकारी र खजुरा गाउँपालिकामा संचालन भएको शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धि शिक्षण तालिम ३ दिने सहजकर्ता खगेन्द्र मल्लले गर्नुहुनेछ ।
तालिममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका कार्यक्रम सुपरभाइजर रज्जब अली वागवानले बताउनुभयो ।