Lumbini Live

Follow Us:

शिक्षकहरुका क्षमता बिकास तालिम तालिम शुरु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-


विगतमा नेपाल सरकारले सन् २००९ जुलाई देखि २०१६ जुलाईसम्म विद्यालय क्षेत्र सुधार योजना कार्यान्वयन गरेको थियो । सन् २००९ देखि २०१४ सम्मको विद्यालय क्षेत्र सुधार कार्यक्रमम कार्यान्वयन पश्चात् दुई वर्ष थप गरी २०१६ सम्म सञ्चालन गरिएको थियो । त्यसै क्रममलाई निरन्तरता प्रदान गर्दै नेपाल सरकारले आगामी ७ वर्षका लागि विद्यालय क्षेत्र विकास योजना अगाडि ल्याएको छ । वि.सं. २०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गरी वि.सं. २०८७ सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने दूरदृष्टि मा केन्द्रित रहेर जुलाई २०१६ देखि जुलाई २०२३ (वि.स. २०७३ देखि २०८०) सम्मका लागि यो योजना अगाडि ल्याइएको हो । सबैका लागि गुणस्तरीय शिक्षाको सहज पहुँच सुनिश्चित गर्न सकिएको छैन । कतिपय समुदायका बालबालिकाको विद्यालय शिक्षामा पहुँचको स्थिति कमजोर नै छ । कठिन अवस्थामा रहेका सीमान्तकृत समुदाय, दलित तथा अल्पसंख्यक सांस्कृतिक समुदायका बालबालिका अझै पनि पूर्णतः विद्यालय शिक्षाको मूलधारमा समाहित भइसकेका छैनन् ।


विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई प्रोत्साहन गर्न सक्छ किनभने धेरैजसो समय बालक र बालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गरिदैन । शैक्षिक सामग्री र कक्षाकोठा प्रर्दशनले पनि लैंगिक परम्परागत मुल्यमान्यतालाई निरन्तरता दिन्छ । अतः लैंगिक समानता प्रवर्दन गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई पद्धति अनिवार्य हुन्छ । लैंगिक संवेदनशिल शिक्षणसिकाई पद्धतिले परम्परागत मुल्यमान्यतालाई चुनौती दिन्छ र रुपान्तरण गर्छ । परिवार पछि विद्यालय नै लैंगिक परम्परागत मुल्य मान्यतालाई प्रभाव पार्ने दोस्रो संस्था भएकोले लैंगिक समानता प्राप्त गर्न शिक्षण सिकाई प्रक्रियामा रुपान्तरण आवश्यक हुन्छ । यस सत्रमा शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिपमा अभिवृद्घि भइ बिधालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइ कृयाकलापमा थप मद्घतपुग्ने अपेक्षा गरिएको छ ।


प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा राजापुर,ठाकुरवावा नगरपालीकाको समन्वयमा यस क्षेत्रमा लन परियोजना संचालन भएको र उक्त परियोजना अन्तरगत शिक्षकहरका लागी प्रारभिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी तालीम राजापुर, ४ दिने र शिक्षकहरुका लागी शिक्षामा लैगिक रुपान्तरण सम्बन्धि शिक्षण तालिम ३ दिन ठाकुरवावामा संचालन भएको छ । तालीम बाट नेपाली भाषामा पढाइ र लेखाइ शिक्षणका लागि कक्षा कोठामा लैगिंक मैत्री प्रर्याप्त शैक्षिक सामग्री उपलब्ध भएको अवस्था सिर्जना हुनेछ । भने विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई प्रोत्साहन गर्न सक्छ किनभने धेरैजसो समय बालक र बालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गरिदैन । शैक्षिक सामग्री र कक्षाकोठा प्रर्दशनले पनि लैंगिक परम्परागत मुल्यमान्यतालाई निरन्तरता दिएको हुन्छ । अतः लैंगिक समानता प्रवर्दन गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धति अनिवार्य हुन्छ । लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिले परम्परागत मुल्य मान्यतालाई चुनौतीको रुपमा रहेको छ । परिवार पछि विद्यालय नै लैंगिक परम्परागत मुल्य मान्यतालाई प्रभाव पार्ने दोस्रो संस्था भएकोले लैंगिक समानता प्राप्त गर्न शिक्षण सिकाई प्रक्रियामा रुपान्तरण आवश्यक हुन्छ । यस तालिमले सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिप वृद्धि गर्न विस्तृत भइ तालिम पछि बिधालय स्तरमा यसको प्रत्यक्ष रुपमा कार्यान्वयमा आउने अपेक्षा गरिएको छ ।


तालिममा परियोजना संचालन भएका दुवै नगरपालीकाका करिब २६ जना शिक्षकहरुको सहभागीता रहेको छ । तालीम राजापुर नगरपालीका मा बुधवार र ठाकुरवावा नगरपालीकामा मंगलवार सम्पन्न हुने छ । प्रारभिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी तालीम राजापुर, ४ दिने तालिमको सहजीकरण कल्पना अधिकारी र शिक्षकहरुका लागी शिक्षामा लैगिक रुपान्तरण सम्बन्धि शिक्षण तालिम ३ दिने सहजकर्ता हिमा कुमारी सुनारले गर्नुहुनेछ ।
तालिममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्