Lumbini Live

Follow Us:

नेपालगन्जमा खुल्यो टिभिएसको नयाँ शोरुम

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज– नेपालगञ्जमा शनिवारदेखि टिभिएस कम्पनीको नयाँ मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।
नेपालगञ्जको कारकाँदो चोक नजिकै सुर्खेतरोडमा सञ्चालनमा आएको ग्रेस एण्ड ग्लोबल टे«डिङ प्रालिको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो ।
नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर शनिबार घटस्थापनाको अवसरमा शोरुम सञ्चालनमा ल्याइएको ग्रेस एण्ड ग्लोबल टे«डिङ प्रालिका अध्यक्ष बिशाल श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँका अनुसार, ग्रेस एण्ड ग्लोबल टे«डिङ प्रालिले उपभोक्ताले चाहेजस्तो मोटरसाइकल कम्पनीले ल्याएको बिक्री योजना अनुसार सहजरुपमा उपलब्ध गराउने छ । अहिले प्रालिले तीन वटा सुविधा दिएको छ । नगदमा मोटरसाइकल वा स्कुटी किन्दा नौ हजार रुपैया छुट र फाइनान्स गरेर किन्दा आधा रकम भुक्तानी गरेपछि अरु ब्याज नलिई मोटरसाइकल उपलब्ध गराइने छ ।
यसैगरी जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल ल्याएर टिभिएसको नयाँ मोटरसाइकल प्राप्त गर्न सकिनेछ । यसरी एक्सचेन्ज गर्दा कम्पनीले
रु.१५ हजार अतिरिक्त उपलब्ध गराउने भएको छ । टिभिएस कम्पनीका मोटरसाइकल नेपालमा जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ ।
जगदम्बाले ५ वर्षदेखि टिभिएस मोटरसाइकल बिक्री गर्दै आएको छ ।
टिभिएसका मोटरसाइकल रु.एक लाख २८ हजार नौ सयदेखि रु. ७ लाख ७९ हजार नौ सयसम्मका मोटरसाइकल उपलब्ध रहेको जगदम्बाका क्षेत्रीय प्रमुख प्रकाश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार,पहिलो वर्ष देशभरमा ६ हजार मोटरसाइकल बिक्री गरेको जगदम्बाले चौथो वर्षमा आइपुग्दा ४५ हजार बेचेको थियो । यो वर्ष ६५ हजार बिक्री गर्ने लक्ष्य राखेको क्षेत्रीय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
टिभिएसका स्मार्ट कनेक्सन भएका मोटरसाइकल र स्कुटी बजारमा आएका छन् ।
त्यसले फोन, म्यासेजदेखि लोकेसन देखाउँछ । देशभरमै सबैभन्दा धेरै बिक्री भएको एन्ट्रो १२५ सीसी स्कुटी पनि टिभिएसकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्