Lumbini Live

Follow Us:

लागुऔषध सेवन रोकथामको लागि १९ नं. वडामा समुदाय–प्रहरी साझेदारी

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज उपमहानगरपालिका वडा नं.१९ बसुदेवपुरमा लागुऔषध दुव्र्यसन निस्तेज गराउन समुदाय(प्रहरी साझेदारी शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले, वडा प्रहरी कार्यालय नेपालगन्ज र १९ नं. वडा कार्यालयसँगको सहकार्यमा बिहीवार वडास्तरमा लागुऔषध दुव्र्यसन रोकथामको लागि छलफल तथा अन्तक्र्रिया गर्नुको साथै वडास्तरीय समिति समेत गठन गरिएको छ ।

वडा सचिव तेजेन्द्र रोकाय

कार्यक्रमवारे जानकारी दिदै वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले नेपाल प्रहरी एक्लैले लागुऔषध दुव्र्यसन तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न असम्भव रहेकोले नागरिकसँगको सहकार्य अनिवार्य भएको बताउनुभयो ।

समुदायमा हुने लागुऔषध दुव्र्यसन लगायतका अपराधिक क्रियाकलाप रोकथामका लागि समाजनै जागरुक भएर लाग्नुपर्ने उहाँको भनाई थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं १३, २१ र २३ बाहेक अन्य सबै वडामा समुदाय(प्रहरी साझेदारी अभियान सञ्चालन गरिसकेको छ ।

वडा सदस्य बफाती बेहेना

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका १९ नं. वडा कार्यालयका अध्यक्ष परसराम कुर्मीले वडामा लागुऔषध दुव्र्यसन लगायतका सबैखाले अपराधिक गतिविधि रोकथामको लागि वडा कार्यालय नेपाल प्रहरीसँग आवश्यक समन्वय र सहकार्य गर्न सदैव तत्पर रहेको बताउनुभयो ।

वडा सदस्य बफाती बेहेनाले लागुऔषध दुव्र्यसनले अहिलेको युवा पिढीलाई तहसनहस बनाएको भन्दै यसको रोकथामको लागि घर, परिवार, समाज सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

वडा सचिव तेजेन्द्र रोकायले नेपाल प्रहरीले सञ्चालन गरेको लागु औषध दुव्यर्सन निस्तेज अभियान प्रशंसनीय रहेको भन्दै वडास्तरबाट पनि यसमा सहकार्य र समन्वय हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी सदस्य माया गुरुङ, स्थानीय अगुवा मिना मल्ल लगायतले लागु औषध दुव्यर्सनले समाजमा पारेको असरका वारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्