Lumbini Live

Follow Us:

वडा कार्यालयबाट साईकल पाउँदा महिला स्वास्थ्य स्वयम्सेविका दङ्ग

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज। नेपालगञ्ज उपमहानगरपालिका २० नं.वडा कार्यालयले महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल वितरण गरेको छ ।

वडा नं. २० स्थित मनिकापुर स्वास्थ्य चौकीमा कार्यरत १५ महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सेवामा क्रियाशिल रहेवापत प्रोत्साहन स्वरुप वडा कार्यालयका तर्फबाट साइकल वितरण गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्वयम्सेविकालाई गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन सहजताको लागि वडा कार्यालयले उपलब्ध गराएको साइकल उपयोगी हुने स्वास्थ्य चौकी प्रमुख वीरजङ्ग शाहले बताउनुभयो ।

महिला स्वास्थ्य स्वयम्सेविका मिना बोहराले स्वास्थ्य स्वयम्सेविकाको कामको कदर गरेर साइकल उपलब्ध गराएकोमा वडा कार्यालयप्रति आभार व्यक्त गर्नुभयो । मनिकापुरवासीलाई स्वास्थ्य सेवा पु¥याउन प्रोत्साहन मिलेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्