Lumbini Live

Follow Us:

वडा नं. ७ ले गर्यो प्रहरी निरीक्षक बस्नेतलाई सम्मान तथा विदाई

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज–वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बस्नेतलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ कार्यालयले आज सम्मान तथा विदाई गरेको छ ।

१४ महिना वडा प्रहरी कार्यालय नेपालगन्जमा प्रमुखको रुपमा कार्यरत बस्नेतको काठमाडौ सरुवा भएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहँदा प्रहरी निरीक्षक बस्नेतले वडा तथा नगरमा सुरक्षा व्यवस्था सुदृढ बनाउन खेलेको प्रभावकारी भूमिकालाई मध्यनजर गरी सम्मान तथा विदाई कार्यक्रम गरिएको वडाध्यक्ष जुमन खाँले बताउनुभयो ।

उहाँले प्रहरी निरीक्षक बस्नेतको कार्यकालमा नेपालगन्जमा शान्ति सुरक्षाको व्यवस्था राम्रो हुनुका साथै वडा प्रहरी र जनप्रतिनिधि बीचको सम्वन्ध समेत सुदृढ भएको उल्लेख गर्नुभयो ।

प्रहरी निरीक्षक बस्नेतले नेपालगन्जमा १४ महिना कार्यरत रहँदा प्रशंसनिय कार्य गरेको भन्दै आगामी दिनमा समेत कार्य सफलताको शुभकामना दिनुभयो ।

वडा कार्यालयमा आयोजित एक समारोहका बीच वडाध्यक्ष खाँ, वडासचिव कमल चौधरी, जनप्रतिनिधि र वडाका कर्मचारीले खादा तथा अविर लगाएर सम्मान तथा विदाई गरेका थिए ।

सो अवसरमा बोल्दै प्रहरी निरीक्षक बस्नेतले सरुवा हुनु नियमित प्रक्रिया भएको बताउँदै वडा प्रहरी कार्यालयमा १४ महिना कार्यकालको अवधिमा सहयोग र समन्वय गरी सफल कार्यकाल सम्पन्न गर्ने जनप्रतिनिधि, राजनीतिक दलका नेता, नगरवासी सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्