Lumbini Live

Follow Us:

स्याकद्वारा निर्मित युवक आधारभूत विद्यालय भवन हस्तान्तरण

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज–बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित युवक आधारभूत विद्यालयको नवनिर्मित दुइकोठे भवनको मङ्गलवार उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
प्लान नेपाल बाँके र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत ९ महिनामा भवन निर्माण भएको स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार, विद्यालयका भवनहरु २०७२ सालको भूकम्पका कारण जोखिम अबस्थामा रहेकोले पूर्व प्राथामिक तहका बालबालिकाको अध्ययनलाई मध्यनजर गर्दै बिद्यालयले प्लान इन्टरनेशनल नेपालमा भवन माग गरिरहेको अबस्थामा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र स्याक नेपाल बाँकेको साझेदारि मा जनवरी २०२० देखि सेप्टेम्वर २०२० सम्मको ९ महिनामा काम सम्पन्न गर्नका लागि सम्झौता गरिएको थियो ।


भवन निर्माणको जिम्मा जय गुरुदेव कन्ट्रक्सन कम्पनीले पाएको थियो । दुईकोठे भवनको सम्पूर्ण निर्माण काम ठेक्का बापत रु २२ लाख ७२ हजार ८४, विद्यालयको तर्फदेखि काठ बाफतको रकम रु २लाख४१ हजार७ सय ९१ गरी जम्मा रकम रु २५ लाख १३ हजार ८ सय ७५ मा सम्पन्न भएको पाण्डेले जानकारी दिनु
भयो ।
विद्यालय भवनसँगै बालिकामैत्री शौचालय मर्मत सम्भार मा रु. ४लाख९२ हजार सहित कुल २७ लाख ६४ हजार ८४ रुपैयाको पूर्वाधार निार्माण भएको छ ।
विद्यालय भवन हस्तान्तरण समारोहमा प्रमुख अतिथि बर्दिया जिल्ला क्षेत्र नं १ क प्रदेश सभा सदस्य कबिराम थारु, अतिथि बढैयाताल गाउँपालिका उपाध्यक्ष दिपा कुमारी गौतम, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी, प्लान इन्टरनेशन इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जका एरिया मेनेजर मिना पराजुली, शिक्षा संयोजक संजिबकुमार जोशी, स्याक नेपाल बाँकेको कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्मा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष, एवम पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक राजेश्वर थापाको सहभागीता रहको


थियो ।
उद्घाटन समारोहमा बोल्दै बर्दिया जिल्ला क्षेत्र नं १ क प्रदेश सभा सदस्य कबिराम थारुले विद्यालयको भौतिक पुर्वाधारको बिकास संगै शैक्षिक बिकासमा समेत जोड दिनुपर्ने बताउदै प्रदेश सरकारले कोरोना भाइरस ले बिश्व संक्रमणले गर्दा सबै बिकास तथा शैक्षिक गतिबिधि प्रभाबित भइरहेको अबस्थामा वैकल्पिक प्रणाली सहजीकरण)२०७७ जारी गरेको र यसको कार्यान्वयनका लागी प्रदेश सरकार लागि परेको बताउनु भयो ।
‘विद्यालयको वातावरण बालबालिका अनुकुल हुनुपर्दछ । विद्यालयमा उनिहरुलाई नियमित उपस्थिति र सिकाइका लागि स्वागतयोग्य वातावरण हुनुपर्दछ । विद्यालयमा म आफू सुरक्षित छ,ु मलाई कसैबाट भय छैन र मैले चाहेको विषय चाहेको तरीकाले सिक्न सक्छु भन्ने वातावरण बालबालिकाका लागि विद्यालयमा हुनुपर्दछ ।’–उहाँले भन्नुभयो,‘विद्यालयमा एउटा समाजको निर्माण हुनुपर्दछ । जहाँ बालबालिकाले सामाजिकीकरणका सीप सिकून् । सिकाइमा उनीहरुको मनोवल बढोस । उत्प्रेरणा बढोस । हौसला बढोस । साथै विद्यालय बालबालिकाका लागि रमाइलो होस र सुरक्षित होस त्यो विद्यालय नै बालमैत्री विद्यालय हो ।’
विद्यालयमा प्रत्येक विद्यार्थीले आफूलाई भयमुक्त र सुरक्षित, संवेगात्मक रुपमा रमाइलो वातावरण प्रदान गर्न सिकाइका लागि मनोवैज्ञानिक रुपमा मनोवल उच्च हुने वातावरण निर्माण गर्नका लागि विद्यालय ब्यबस्थापन समिति शिक्षक अभिभावक संघको र अभिभावको महत्वपुर्ण भुमिका रहने हुँदा विद्यालयमा गरणस्तरिय शिक्षा दिन आबश्यक रहेको बताउदै प्रदेश स्तरमा विद्यालयको स्तर उन्नतीका लागि परेको बताउनु भयो ।


बढैयाताल गाउँपालिका उपाध्यक्ष गौतमले यस क्षेत्रमा क्रियाशिल गैसस र पालिकाको समन्वय सहकार्यमा बिभिन्नखाले बिकास तथा अन्य सामाजिक बिकासका कामहरु गदै आइरहेको र बिगत देखी प्लान इन्टरनेशनल नेपालले संचालन गरेका कार्यक्रमहरु जनमुखि एवम उपलब्धी मुलक हुने र पालकिाले समेत यसको अपनत्व लिएको बताउदै प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेलाई युवक आधारभूत विद्यालयको भौतिक पूर्वाधारमा आर्थिक तथा प्राबिधिक रुपमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका बिकास निर्माण कार्यप्रति हातेमालो गदै जाने बताउनु भयो ।
बालबालिकाको शैक्षिक गुणस्तर बिकासका लागि भौतिक पूर्वाधारको एक मुख्य कडीको रुपमा रहेता पनि विद्यालयलाई नमूनाको रुपमा संचालनका लागि विद्यालयका सबै सरोकारवालाको मुख्य भूमिका रहने र विद्यालयमा मुलत ३ वटा कुरामा बिषेश ध्यान दिएमा भोलीका कर्णधारको रुपमा तयार हुने उहाँको भनाइ
थियो ।
प्लान इन्टरनेशनल नेपाल बाँकेका फिल्ड अफिस नेपालगन्जका शिक्षा संयोजक संजिब जोशीले प्लान इन्टरनेशनल सधै बालबालिकाको शैक्षिक बिकासमा अग्रपंतिमा रहने बताउदै पालिकासँगको सहयोग सद्भाव र समन्वय गदै अगाडि बढ्ने बताउदै विद्यालयको उत्तर उत्तर प्रगतीको कामना गर्नुभयो ।
विद्यालयको भौतिक संरचना निर्माण गरेर मात्र नहुने यसमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक गतिबिधि बालमैत्री लैगिंक मैत्री बन्नुपर्ने र भोलीका दिनमा बालबालिकाको शैक्षिक उपलब्धी, भर्ना दर, उत्तीर्ण दर बढेको र विद्यालय छाड्ने बालबालिकामा कमी आएको खण्डमा संस्थाले गरेको लगानी सहि सदुपयोग हुने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्