Lumbini Live

Follow Us:

क्याम्पस प्रमुख अग्रवालकोे कोरोनाबाट निधन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगञ्ज । बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवालको कोरोना सङ्क्रमणबाट आज निधन भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसनमा उपचारको लागि आउनुभएका उहाँको अस्पताल प्रवेशद्वार पुग्नै लाग्दा अकस्मात निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, फोक्सोमा क्यान्सर रोगबाट पीडित ५२ वर्षीय अग्रवाललाई चारदिन अघि स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । होमआइसोलेसनमै बस्दै आउनुभएका उहाँलाई आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि एम्वुलेन्समार्फत नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा पुग्नासाथ उहाँको निधन भएको होे ।

गम्भीर विरामी भएकोले अक्सिजन र भेन्टिलेटरेको व्यवस्था गरिएपनि भेरी अस्पतालको प्रवेशद्वार छिर्नै लाग्दा ढल्नुभएका अग्रवालको दिउसो करिव ३ बजेतिर प्राण गएको धितालले बताउनु भयो ।

लामो समयदेखि फोक्सोको क्यान्सर पीडित अग्रवाललाई आज श्वास प्रश्वासमा कठिन भएपछि भेरी अस्पतालको आइसोलेसनमा उपचारको लागि प्रेषण गरिएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अङ्गद श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भेरी अस्पताल परिसरमा निधन भए पनि शव व्यवस्थापन बर्दियामै गर्ने गरी तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्