भेरी अस्पताल नेपालगञ्जको कोरोना प्रयोगशालामा सोमवार गरिएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका ३६ र अन्य जिल्लाका ८ गरी ४४ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ञ्ट डा.प्रकाश थापाका अनुसार कोरोना पुष्टि हुनेमा २७ पुरुष र १७ महिला रहेका छन् । एक सातादेखि किटको अभाव भन्दै डा.थापाले लक्षण देखिएका र भर्ना भएका अत्यावश्यक परेका व्यक्ति को मात्रै परीक्षण गरिएको बताउनु भयो।