Lumbini Live

Follow Us:

लियोको तीज टिकटक प्रतियोगीता सम्पन्न

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-
No description available.

नेपालगन्ज । लियो क्लब अफ नेपालगन्जको आयोजनामा अनलाईन तीज टिकटक प्रतियोगीता सम्पन्न भएको छ । साउन २२ गते देखि शुरु भएको प्रतियोगीता भदौको ४ गतेसम्म सञ्चालन भएको थियो । अनलाइन टिकटक प्रतियोगीतामा लाइक सेयर, प्रस्तुति र निर्णायकको निर्णय अनुसार विजयता निर्णय गरिएको थियो ।
लियो क्लब अफ नेपालगन्जको आयोजनामा सम्पन्न प्रतियोगीतामा ३७ जना सहभागि रहेका थिए र सहभागी सबैलाई सहभागीताको प्रमाण पत्र दिइएको कार्यक्रम संयोजक लियो समिक्षा बस्यालले बताउनुभयो ।
हाम्रो वेबटेकसँगको प्राविधिक समन्वयमा भएको कार्यक्रममा फेसबुक एनेलिटिक्सको माध्यमबाट लाइक।सेयर सर्भे गरिएको हाम्रो वेबटेकका एनेलिटिक्स संयोजक सुवास बुढाले बताउनुभयो ।
टिकटक प्रतियोगीतामा क्लब प्यानलको तर्फबाट लियो विष्णु जोशी, जिल्ला परिषद्को तर्फबाट लियो हिमाञ्चल बर्नवाल निर्णायकको भुमिकामा रहनुभएको संयोजक बस्यालले बताउनुभयो ।
कार्यक्रममा हेटौँडाकी मेनुका लामा ब्लन प्रथम र नेपालगन्जकी तारा रोकाया द्वितीय स्थान हात पार्न सफल हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्