Lumbini Live

Follow Us:

पिङ खेल्नेक्रममा बालकको मृत्यु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

हाम्रो समाचार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० निवासी एक बालकको आज पिङ खेल्नेक्रममा झुन्डिएर ज्यान गएको छ ।

राँझा निवासी १३ वर्षिया सन्तोष कार्कीले आफ्नै घरको छतमा डोरीको पिङ बनाएर खेल्नेक्रममा हातमा समातेको डोरी फुत्किएर घाटिमा पुग्दा पासो लागेर ज्यान गएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्काीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, घरको छतमा रहेकोे खानेपानीको पाइपमा छोटो डोरी बाधेर बनाइएको पिङ हातबाट फुत्किदा दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । दुर्घटनास्थलको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमको लागि इलाका प्रहरी कार्यालय कोहलपुरले भेरी अस्पताल नेपालगन्जमा पठाइसकेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्