-हाम्रो समाचार-
नेपालगन्ज । बाँकेमा कोरोना भाईरस सङ्क्रमित ७३० जना मध्ये ४५५ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका दुई सय ७२ जनाको उपचार भईरहेको जानकारी दिनुभयो । पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढेपनि त्यसको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्यामा समेत बृद्धि भएको छ ।
आज सोमबार मात्रै एक वडाध्यक्ष सहित बाँकेका ११ जनाले कोरोना जितेर घर फर्किदै हुनुहुन्छ । कोरोनाको सङ्क्रमण देखिएपछि खजुरास्थित सुशील कोईराला क्यान्सर अस्पतालको आईसोलेशनमा बस्दै आउनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष प्रमोद रिजालसहित ११ जनालाई आज घर फर्किन लागेकोे स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।