-हाम्रो समाचार-
नेपालगन्ज । आइतबार बाँकेमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ ।
भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टाको परीक्षणमा बाँकेमा २० र सल्यानको कपुरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेको सशस्त्र प्रहरी गुल्मका १५ जना, ग्लोबल बैंकका ३ जना कर्मचारी र कोहलपुरका २ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो।