Lumbini Live

Follow Us:

पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशन र लियो नेपालगन्ज इनोभेटिभद्वारा हेल्थ किट वितरण

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

हाम्रो समाचार

नेपालगन्ज। पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनको आयोजना र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको सहकार्यमा बुधबार बाँके जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ अन्तरगत रहेको खाशकुष्मा स्वास्थ्य चौकीमा वडा सदस्य रुद्रमणी ढकाल , बैजनाथ गाउँपालिका वडा नम्बर ३ अन्तरगत रहेको नौबस्ता स्वास्थ्य चौकीमा वडा अध्यक्ष रामशरण थारु र कोहलपुर नगरपालिका वडा नम्बर ४ अन्तरगत रहेको रझेना स्वास्थ्य चौकीमा वडा सदस्य सुरज जागाको उपस्थितीमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो।

वितरण गरिएको सामाग्रीमा प्रती स्वास्थ्य चौकी २०० थान सर्जिकल मास्क, ५० थान के .एन ९५, ५ थान स्यानिटाइजर, १ थान पिपि सेट र ४०० थान ग्लबस् रहेको थियो । लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन संयोजक लायन सरोवर प्रसाइ, लियो क्लब अफ नेपालगन्ज इनोभेटिभबाट सदस्य लियो सन्जु केसी र लियो रिश्ता बिसीको उपस्थिति रहेको थियो ।

कोभिड १९ को महामारीको समयमा उच्च जोखिमका साथ दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई लक्षित गर्दै पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनले मुलुकभर नै दुर्गम क्षेत्रहरुमा स्वास्थ्य किट वितरण गर्ने कार्यक्रम गरिएको र सोहि अन्तरगत बाँके जिल्लामा लियो क्लब अफ नेपालगन्ज इनोभेटिभसँग सहकार्य गरी कार्यक्रम भइरहेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्