Lumbini Live

Follow Us:

बाँकेमा चार दिन थपियो निषेधाज्ञा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

-हाम्रो समाचार-

नेपालगन्ज । बाँकेमा समुदायस्तरमै कोरोना देखिएपछि जारी भएको निषेधाज्ञा चार दिन थप भएको छ ।

समुदायस्तरमा कोरोना देखिएकाले जिल्लास्तरीय कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट थप चार दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

तीन दिने निषेधाज्ञा नसकिदै आज नै चार दिन थप गरिएको हो । आज थपिएको निषेधाज्ञा शनिबार रातीसम्म जारी रहने छ । ५ दिनमा ६२ जना कोरोना सङ्क्रमित थपिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउदै आएको थियो ।

कोरोना सङ्क्रमणको विस्तारलाई रोक्न हाललाई चार दिन निषेधाज्ञा थप गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले अत्यावश्यकीय काम वाहेक घर बाहिर ननिस्किन आग्रह गर्नुभयो । प्रशासनको आग्रहलाई अटेरी गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाईएमा कानून वमोजिम कार्वाही हुने छ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध तथा दुग्धजन्य पदार्थ, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ । त्यसैगरि, एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कुटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबहाक गाडी र सवारी अनुमती (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउने छन् ।

आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, जिल्ला अदालतका कर्मचारी र व्यस्त रहने त्रिभुवन चोकको एक मिठाई पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ५ दिनमा ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज मङ्गलबार बाँकेमा ३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने तीनै जना खजुरा गाउँपालिका २ का हुन् ।

बाँके जिल्लामा ४५७ जना सङ्क्रमित रहेकोमा ३ सय ९१ जना डिस्चार्ज भइसकेका छन् । आइसोलेशनमा बाँकेका ६२ र अन्य जिल्लाका १० गरी ७२ जनाको उपचार भइरहेको छ । कोरोनाबाट बाँकेमा २ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्