Lumbini Live

Follow Us:

बाँकेमा पुनः कोरोना त्रास बढ्दै

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज– बाँकेमा कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ । कोरोना संक्रमणको दर ओरालो लागेको बाँकेमा लकडाउन खुलेसँगै कोरोना संक्रमित भेटिने क्रम बढेको हो ।

सेवाग्राही तथा स्थानियको बढि चहल पहल हुने सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमणको दर बढ्नसक्ने अनुमान गरीएको छ । शनिबार र आईतबार बाँकेका सबैभन्दा ब्यस्त आन्तरिक राजस्व र यातायात ब्यवस्था कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी नेपालगन्जकै ब्यस्त त्रिभुवन चोकमा मिठाई पसल गर्ने व्यक्तीमा समेत कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरी स्वाव संकलन सुरु गरिएको हो ।

कर्मचारीमा कोरोना देखिएपछि यातायात कार्यालय शिल


जसअन्तर्गत आईतबार कन्ट्याक्ट ट्रेसिङ गरी आन्तरिक राजस्व कार्यालयबाट ६८, त्रिभुवन चोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात ब्यवस्था कार्यालय क्षेत्रबाट २८ जनाको स्वाव संकलन गरीएको छ । तिनवटै क्षेत्रबाट कोरोना संक्रमणको जोखिममा रहेका ब्यक्तिहरुमध्ये २०१ जनाको स्वाव संकलन गरी परिक्षणकालागि भेरी अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्