Lumbini Live

Follow Us:

लायन्स र लियोको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

बसन्त बस्नेत

नेपालगन्ज–लायन्स र लियोको आयोजनामा नेपालगन्जको भेरी अस्पताल स्थित रक्तसंचार केन्द्रमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


लायन्स क्लब नेपालगन्ज बजार, लायन्स क्लब नेपालगन्ज सेन्ट्रल, लियो क्लब अफ नेपालगन्ज, लियो क्लब अफ नेपालगन्ज इन्नोभेटिभ, लियो क्लब अफ नेपालगन्ज बजार, लियो क्लब अफ नेपालगन्ज बागेश्वरी, लियो क्लब अफ नेपालगन्ज खजुरा र डोनर ग्रुप नेपालगन्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन गरिएको लायन्स क्लब अफ नेपालगन्ज बजारका सरोबर प्रसाइले बताउनुभयो ।

कार्यक्रममा लायन्स पुर्व डिस्ट्रक्ट गभर्नर शेम शाक्य, पुर्व डिस्ट्रक्ट गभर्नर मधुसुदन रिजाल, सिनियर लायन मुकुट ढकाल, भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायतका लायन र लियोका सदस्यहरुको उपस्थिति रहेको थियो ।

साथै रक्तदान कार्यक्रमको समापन समारोहमा लायन्स क्लबले रक्तसंचार केन्द्रलाई रक्त किट प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्