Lumbini Live

Follow Us:

बलात्कारमा संलग्नलाई हदैसम्मको कार्वाही हुनुपर्छ ः अधिकारकर्मी रोकाय

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

–हाम्रो समाचार–
नेपालगन्ज । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि भएको बलात्कारमा संलग्नलाई कार्वाहीको माग गरिएको छ ।

गैर सरकारी संस्था महासंघ प्रदेश ५ का उपाध्यक्ष अधिकारकर्मी धर्मलाल रोकायले घटनाको घोर भत्र्सना गर्दै दोषीलाई हदैसम्मको कार्बाहीको माग गर्नुभएको छ ।

शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले बलात्कार गरेको खुल्न आएको छ । प्रहरीमा जाहेरी पछि तीनैजनालाई आरोपितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ३२ बर्षिया ती महिला भारतमा उपचार गरि २० जेठ्मा गौरीफन्टा नाका बाट नेपाल फर्किएकी हुन्।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रर्दशन गरेका छन् । प्रदर्शनकारीले वडा कार्यालयमा तोडफोड पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्